| आइतवार, कार्तिक २२, २०८३

गोरखा मनकामना यातायात प्रालीद्वारा आवद्ध सबै ट्याक्सीको निशुल्क कागजात नबिकरण

गोरखामा ट्याक्सी र इको भ्यान संचालन गर्दै आएको गोरखा मनकामना यातायात प्रालीले संस्थामा आवद्ध सबै ब्यवशायीको सवारी साधनको कागजात नबिकरण गरिदिएको छ । सबै सदस्यको सवारी साधनको संस्थाले पैसा खर्च गरेर नबिकरण गरिदिएको प्रालीका अध्यक्ष ताराबहादुर खड्काले बताए ।

कोभिड १९ को संक्रमणका कारण यातायात ब्यवशाय ठप्प भएको, ब्यवशायी समस्यामा परेकाले संस्थाले नबिकरण गरिदिएको उनले बताए । एउटा ट्याक्सीको बिलबुक, रुट पर्मीट, जाँचपास सहित नबिकरणमा २७ हजार खर्च भएको प्रालीले जनाएको छ ।

प्रालीमा आवद्ध ७६ वटा सवारी साधन नबिकरण गर्दा संस्थाको २१ लाख रुपैयाँ खर्च हुने उनले बताए । साउन महिनामा बिलबुक नबिकरण गर्ने भएकाले २०७६÷७७ र ७७÷७८ को समेत कर तिरेको उनले बताए ।

दुर्घटना भलाई कोषबाट दैनिक लिइने एक सय रुपैयाँ र नयाँ सवारी प्रालीमा आवद्ध हुँदा लिईने दुर्घटना भलाई कोषको रकमबाट नबिकरण गर्ने ब्यवस्था गरिएको अध्यक्ष खड्काले बताए ।

प्राली मातहत चल्ने सबै सवारी साधनको कागजात नियमपूर्वक नबिकरण गरी ब्यवस्थित गर्न, सवारी नियमको पालना गर्न गराउन मद्धत पुग्ने उद्देश्यले कागजात नबिकरणमा सहयोग गरिएको अध्यक्ष ताराबहादुर खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्