| आइतवार, कार्तिक २२, २०८३

भेट्टाउने आश मारेको मोवाईल प्रहरीले खोजेर दिएपछि…

गोरखा प्रहरीले बिभिन्न समयमा मोवाईल हराएको उजुरी गरेकाहरुलाई मोवाईल खोजेर फिर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले गोरखा नगरपालिका भित्रका तीन जना, पालुङटार नगरपालिकाका दुई, र धार्चे गाउँपालिकाका १ जनाको मोवाईल फिर्ता गरेका हुन् ।

शुक्रवार कार्यालयमै बोलाएर मोवाईलधनीलाई फिर्ता गरिएको उनले बताए । हराएको मोवाईल भेट्टाउने आश मारेका सर्वसाधारण मोवाईल पाएपछि खुसी भएका छन् ।

मोवाईल हराएको, चोरी भएको बारेमा प्रहरीलाई निवेदन दिने क्रम बढेको र सँगै खोजतलासलाई पनि तिब्रता दिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्