| आइतवार, कार्तिक २२, २०८३

बहुबिवाह गरेका एक पुरुष सात वर्षपछि पक्राउ

बहुबिवाह मुद्धामा गोरखा जिल्ला अदालतबाट सजायाँ तोकिएर सात वर्षदेखि फरार एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

बारपाक सुलिकोट गाउँपालिका २ बस्ने ५० वर्षिय तुलबहादुर तामाङलाई पक्राउ गरी गोरखा जिल्ला अदालत बुझाइएको डिएसपी बासुदेव खतिवडाले बताए । जिल्ला अदालतले उनलाई ११ महिना १२ दिन कैद सजायाँ र २० हजार जरिवानाको फैसला गरेको थियो ।

बिभिन्न मिति र समयमा अदालतले कैद र जरिवाना तोकेका फरार प्रतिवादी पक्राउ गर्ने अभियानका क्रममा बारपाक सुलिकोट गाउँपालिका ३ बस्ने २४ वर्षिय राजु नेपालीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । केही सार्वजनीक अपराध मुद्धामा एक हजार जरिवाना तोकिएका उनलाई पक्राउ गरि सजाया भुक्तानका लागि प्रशासन कार्यालय बुझाइएको हो ।

प्रतिक्रिया दिनुहोस्