| आइतवार, कार्तिक २२, २०८३

लक्ष्मीबजारमा कन्ट्रयाक्ट ट्रेसिङ गरिएका ४८ जनाको रिपोर्ट नेगेटिभ

एक महिलामा कोरोना संक्रमण देखिएसँगै गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजारमा कन्ट्रयाक्ट ट्रेसिङ गरिएका ५० मध्ये ४८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । दुई जनाको रिपोर्ट भने आउन बाँकी रहेको गोरखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले बताए ।
‘हामीले स्वाब संकलन गरेर काठमाण्डौँ पठाएका थियौँ, ४८ जनाको रिपोर्ट बुधवार बेलुकी अयो,दुई जनाको आएको छैन’ उनले भने । गोरखाबाट काठमाण्डौँ जाने क्रममा ब्यूटिपार्लर सञ्चालन गरेर बसेकी एक महिलालाई पिसिआर जाँचको क्रममा कोरोना पोजेटिभ देखिएको थियो ।

समुदायमा कोरोना फैलिएको त्रास बढेपछि नगरपालिकाको स्वास्थ्य शाखाले महिलाको परिवार, आफन्त र नजिक सम्पर्कमा रहेका ५० जनाको पहिलो चरणमा पिसिआर जाँच गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्