| आइतवार, कार्तिक २२, २०८३

गोरखा अस्पताललाई डाईलासिस मेसिन हस्तान्तरण

दराैँदी समाचारदाताः नेपाल सरकारले नेपाली सेनामार्फत जिटुजी विधिबाट खरिद गरेको आधुनिक क्षमताको डाईलासिस मेसिन मंगलवार गोरखा अस्पताललाई हस्तान्तरण गरिएको छ ।

कोभिड १९ क्राईसिस म्यानेजमेन्ट सेन्टरबाट आएको उक्त मेसिन राष्ट्रिय सभा सदस्य एवं नेपाल कम्यूनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले गोरखाका प्रमुख जिल्ला अधिकारी मार्फत अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

‘डाईलाईसिस गर्नुपर्ने बिरामीलाई इमरजेन्सी सेवा दिन यो मेसिनले सजिलो हुन्छ’ अस्पतालका प्रमुख डाक्टर नबिन थापाले भने । मेसिन चलाउन सक्ने जनशक्ति रहेको बताउँदै उनले अस्पताल भबन निर्माणाधिन रहेकाले ठाउँ ब्यवस्थापनमा भने समस्या हुन सक्ने बताए । अस्पताल भित्रकै एउटा कोठामा मेसिन राखेर केहीदिन भित्र सेवा सुरु गर्ने योजना अस्पतालको छ ।

डाइलासिस मेसिन भएपछि विष सेवन गरेका, तत्काल मृगौलाको उपचार गराउनु पर्नेहरुलाई उपचारका लागि सहज हुने डाक्टर थापाले बताए । सोही अवसरमा पिपिई, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री पनि अस्पताललाई दिइएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्