| आइतवार, कार्तिक २२, २०८३

गोरखा अस्पतालको आइसोलेशनबाट चार जना घर फर्के, अब दुईजना मात्र बाँकी

 

गोरखा अस्पतालको आइसोलेशनमा उपचाररत चार जना कोरोना संक्रमित निको भई घर फर्केका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट दुई पटकसम्म कोरोना रिपोर्ट नेगेटिभ पुष्टि भएका चार जनालाई घर पठाइएको गोरखा अस्पतालले जनाएको छ ।

कोरोनामुक्त भई घर फर्किनेहरुमा पालुङ्टार नगरपालिकाका एक पुरुष, भीमसेन थापा गाउँपालिकाका एक पुरुष र शहीद लखन गाउँपालिकाका दुई पुरुष रहेका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

अब गोरखा अस्पतालको आइसोलेशनमा दुईजना मात्र कोरोना संक्रमित रहेका छन् । उनीहरुको दोस्रो चरणको स्वाब परीक्षणका लागि आज पठाउन लागिएको ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्