
पहिरोले पुरेको घरको सामान सेनाको सहयोगमा उत्खनन
गोरखा नगरपालिका १२ पाण्डेडिहीका गणेश पाण्डेको घरको पहिरो नेपाली सेनाले पन्छ्याएको छ ।
गत साउनको पाँच र छ गतेको अबिरल बर्षापछिको पहिरोले पुरेको पाण्डेको घर नेपाली सेनाको टोलीले तीन दिन खर्चेर पन्छ्याएको स्थानीय ध्रुव पन्तले बताए ।
‘रुखसहित पाखै पहिरो खसेर गण्ोश पाण्डेको घर पुरेको थियो’, पन्तले भने, ‘स्थानीयबासीले धेरै मिहिनेत गरे तर सकेनन् । अनि मैले नेपाली सेनाको रणसिँह दल गणलाई पहिरो हटाइदिन विशेष अनुरोध गरेँ । अनि सेनाले हटाइदियो । पहिरो हटाएपछि त्यहाँ घरभित्र रहेका नगद, गरगहना, भाँडाकुँडा, लत्ताकपडा झिक्ने काम भयो ।’
पहिरो पिडित घरका परिबार अहिले नजिकैको छिमेकीको घरमा डेरा लिएर बस्न थालेका पन्तले बताए ।
‘प्रहरीले मुचुल्का उठाएर लगेको छ । अब उनीहरुको पुनर्वासका लागि सरकारले पहल गरिदिनुपर्छ भन्ने हाम्रो माग छ’, उनले भने ।

तस्वीर : ध्रुव पन्त




