
गोरखाका ९९ जना कोरोना संक्रमणमुक्त, ६ बाँकी
दराैँदी समाचारदाताः गोरखामा कोरोना संक्रमित ९९ जना संक्रमणमुक्त भएका छन् । अब छ जना मात्र संक्रमणमुक्त हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
मुक्त हुन बाँकी रहेका छ जना गोरखा अस्पतालको आइसोलेशनमा छन् । गोरखा क्याम्पसको आइसोलेशन भने खालि गराइएको कार्यालयले जनाएको छ ।
जिल्लाभरका बिभिन्न सामुहिक तथा होमक्वारेण्टाइनमा जम्मा एकसय ४० जना रहेको पनि प्रशासन कार्यालयले जनाएको छ । एकहजार पाँचसय ५२ जनामध्य अरु क्वारेण्टाइनबाट फिर्ता भइसकेका छन् ।
कोरोनाका कारण गोरखामा एकजनाको मृत्यू भएको छ ।
गोरखामा जम्मा दुईहजार तीनसय ९९ जनाको स्वाब संकलन गरिएकोमा दुईहजार दुईसय ८६ जनाको नतिजा आइसकेको छ । जसमध्य एकसय छ जनाको पोजेटिभ रिपोर्ट आएको थियो ।




