
बालमन्दिरका बालबालिकालाई हाम्रो सहारा फाउण्डेशनको सहयोग
कोरोना महामारी र लकडाउनका कारण समस्यामा परेका बालमन्दिरका अनाथ बालबालिकालाई ‘हाम्रो सहारा फाउण्डेशन’ नामक गैरसरकारी संस्थाले राहत सामग्री प्रदान गरेको छ ।
बुधबार अनाथ आश्रममा गएर फाउण्डेशनकी अध्यक्ष कल्पना श्रेष्ठले त्यहाँका संरक्षक तथा प्रधानाध्यापक लुमनाथ लामिछानेलाई राहत सामग्री हस्तान्तरण गरेकी हुन् ।
चामल, दाल, चिउरा, चिनी, चियापत्ती, तेल प्रदान गरेको श्रेष्ठले बताइन् । १० हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरेको उनले बताइन् ।
सो अनाथ आश्रममा करिब २० जना अनाथ बालबालिका बस्दै आएका छन् ।




