| आइतवार, कार्तिक २२, २०८३

फुजेलमा पहिरोले पुरिएर मृत्यू भएकाको परिवारलाई सहयोग

गोरखाको गण्डकी गाउँपालिका ४ फुजेलमा साउन ५ गते पहिरोले च्यापिएर मृत्यू भएकाको लक्ष्मी गुरुङको परिवालाई आर्थिक सहयोग गरिएको छ । जिल्ला दैविप्रकोप उद्धार कोषबाट दुई लाख र गण्डकी प्रदेस सरकारबाट प्राप्त नगद ५० हजार गरी दुई लाख ५० हजार सहयोग गरिएको जिल्ला प्रशासन कार्यालयका लेखापाल तुलसी खनालले बताए । गण्डकी प्रदेसका भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले उक्त रकम मृतकका श्रीमान निर्मल गुरुङलाई हस्तान्तरण गरेका हुन । कार्यक्रमा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत गणेशप्रसाद भट्टराई, लेखापाल तुलसी खनाल, वडा अध्यक्ष नरबहादुर पाण्डे लगायतको उपस्थिती रहेको थियो । पहिरोमा गोठ भत्किएर सात वटा बाख्रा समेत मरेको थियो भने घर पनि जोखिममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्