| आइतवार, कार्तिक २२, २०८३

६६ जनाको रिपोर्ट आउन अझै बाँकी, आइसोलेशनमा जम्मा छ जना

दराैँदी समाचारदाताः गोरखाका ६६ जनाको कोरोना परीक्षणको रिपोर्ट आउन अझै बाँकी छ । स्वाब परीक्षणका लागि पठाइएको दुईहजार पाँचसय ५० जनाको मध्य दुईहजार चारसय ८४ जनाको मात्र रिपोर्ट प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बिभिन्न पालिकाका ६६ जनाको रिपोर्ट अझै नआएको कार्यालयले जनाएको छ ।
रिपोर्ट आएकामध्य एकसय छ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

अर्थात गोरखामा अहिलेसम्म एकसय छ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । दुईहजार दुईसय ९३ जनाको नेगेटिभ रिपोर्ट आएको थियो ।हाल गोरखा अस्पतालको आइसोलेशनमा छ जनाले उपचार गराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्