
श्रीमतीलाई घुक्र्याउन पुलबाट हाम्फालेका युवाको उद्धार
श्रीमतीलाई घुक्र्याउन पुलबाट मस्र्याङ्दीमा हाम्फालेका एक युवाको जिउँदै उद्धार गरिएको छ ।
पालुङटार नगरपालिका ८ धुवाँकोटका ३१ बर्षका श्रीकृष्ण भट्टको जिउँदै उद्धार गरिएको इलाका प्रहरी कार्यालय पालुङटारले जनाएको छ ।
तनहूँबाट स्कुटीमा श्रीमतीलाई साथमा लिएर आएका उनी आइतबार दिउसो साँढे दुईबजेतिर सत्रसयबाट धुवाँकोट जोड्ने झोलुङे पुलबाट पानीमा नहाम्फाली जमिनमा हाम्फालेका थिए ।
उनीहरु दुवैजनालाई इप्रका ठाँटीपोखरीले केहीबेर नियन्त्रणमा लिई मेलमिलाप गराई छाडेको छ ।




