
गोरखा क्याम्पस आइसोलेसनबाट तीन जना डिस्चार्ज
दराैँदी समाचारदाताः गोरखा क्याम्पसमा रहेको क्वारेन्टाईन सहितको आइसोलेसन केन्द्रबाट तीन जना डिस्चार्ज भएका छन् । अजिरकोट गाउँपालिका ३, भिमसेन थापा ७ र सिरानचोक ६ का तीन जना १४ दिन आइसोलेसनमा बसेर घर फर्किएका हुन् ।
पिसिआर परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ देखिएपछि घर पठाइएको जनस्वास्थ्य निरीक्षण्क निश्चल अर्यालले बताए । गोरखा क्याम्पसको आइसोलेसनबाट अहिले सम्म ४९ जना डिस्चार्ज भएका छन् । यी मध्य सबैभन्दा धेरै भिमसेन गाउँपालिकाका २४, शहिदलखन गाउँपालिकाका ७, पालुङटार नगरपालिका ८, गोरखा नगरपालिका ३, बारपाक सुलिकोट २, अजिरकोट २, र सिरानचोक गाउँपालिकाका तीन जना डिस्चार्ज भएका छन् । अब आइसोलेसनमा भिमसेन थापा गापाको एक, शहिदलखन र सिरानचोक गाउँपालिकाका एक/एक गरी तीन जना उपचाररत रहेका छन् ।
जम्मा कोरोना संक्रमीत मध्ये ९६ जना निको भएर घर फर्केको र पिसीआर टेस्ट गरेको मध्ये १५० जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजु रमण न्यौपानेले बताए ।




