| आइतवार, कार्तिक २२, २०८३

नौलीखोला बग्न थालेपछि स्थानीय खुशी

 

थुनिएको नौ घण्टापछि नौलीखोलाबाट पानी बग्न थालेको छ । शुक्रबार राती १० बजेदेखि थुनिएको नौलीखोलाको तालबाट पानी बग्न थालेपछि स्थानीयबासी खुशी भएका छन् ।

खोला थुनिएको खबर पाएपछि शनिबार बिहानैदेखि पान्द्राङ र नौलीखोलाका करिब ५० घरका बासिन्दा भागेर जङ्गल र छिमेकी गाउँ पुगेका थिए । ‘नौबजेतिर अलिअलि पानी बग्न थाल्यो त्यसपछि गाउँलेलाई अलिअलि राहत महशुस भयो’, धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले भने, ‘अहिले त तालिएको पानी राम्ररी नै पास भइसक्यो । गाउँले खुशी भएका छन् ।’

धार्चे गाउँपालिका ७ चिङ्गार डाँडाको पहिरोले गएराती १० बजेदेखि नौलीखोला थुनिएको थियो । खोला थुनिएपछि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले प्रहरी र सडक निर्माणका खटिएका नेपाली सेनालाई ताल खुलाउने पहलका लागि पठाएका थिए ।

तर नौ घण्टापछि तालले आफै बाटो बनाएर खुलेको स्थानीय शिक्षक बीरबल गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्