| आइतवार, कार्तिक २२, २०८३

७१ वर्षिया वृद्धको शव भेटियो

दराैँदी समाचारदाताः गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ३ मनकामनामा खेतमा पानी लगाउन गएकी वृद्धको शव भेटिएको छ । बिहिवार बिहान घर नजिकैको खेतमा पानी लगाउन गएकी ७१ वर्षिया कृष्णकुमारी आले मगरको बिहिवार राती शव भेटिएको हो ।

‘आँखा, टाउँकोमा चोट लागेको छ, रगत बगेको छ’ मृतकका आफन्त समेत रहेका स्थानीय हरिबहादुर श्रेष्ठले भने ‘खेत जाने बाटोमा शव स्याउलाले पुरेर राखिएको थियो ।’ खेतमा पानी लगाउन गएकी महिला लामो समय नफर्किएपछि खोजी गर्दा शव भेटिएको उनले बताए ।

शव पोष्र्टमार्टमका लागि गोरखा अस्पताल ल्याईँदै गरेको र घटनाको अनुसन्धान भईरहेको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्