| आइतवार, कार्तिक २२, २०८३

लगातारको पहिरोले पन्द्रुङ तीनखण्डेका दुई घर बगायो

बारपाक सुलीकोट गाउँपालिका ८ तीनखण्डेको दुई घर पहिरोले बगाएको छ ।

स्थानीय गोकर्ण भट्ट र भीमसेन भट्टको घर यथास्थानबाट ४० मिटर तल पु¥याएको वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।

‘दुइटा घर पहिरोले करिब ४० मिटर तल पु¥याएर उत्तानो बनाएको छ’, अध्यक्ष गुरुङले भने, ‘गाउँका ७२ घरमध्य सबैमा कुनै न कुनै असर पु¥याएको छ । हामी दिनभर यतै खटिइरहेका छौं ।’

घरबिहिन भएकाहरु आफन्तको घरमा शरण लिन गएको उनले बताए ।

अरु घरका बासिन्दा पनि रेडक्रसले दिएको त्रिपालमा बसेका उनले बताए ।

प्रतिक्रिया दिनुहोस्