| आइतवार, कार्तिक २२, २०८३

वीपी स्मृति दिवसमा पालुङटारमा वृक्षरोपण र बारपाकमा प्रवचन

काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा पालुङटार नगरपालिकामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेस पालुङटार नगर इकाइ समिति र नेविसंघ, नगर इकाइ समितिको संयुक्त आयोजनामा वृक्षरोपण कार्यक्रम गरिएको पार्टीका नगर सचिव सरोज देवकोटाले जानकारी दिए ।

पालुङ्टार नगरपालिका ५ किशुनजी स्मृतिपार्कमा दुईसय ५० वटा विरुवा रोपिएको सचिव देवकोटाले जानकारी दिए । आँप, खयर, तेजपात, कपुर, एबोकार्डो, बकाइनु लगायतका विरुवा रोपिएको उनले बताए । पार्टीका वडा नं. ५ का अध्यक्ष भरत बगालेको अध्यक्षतामा कार्यक्रम भएको उनले बताए ।

त्यस्तै बारपाक गाउँमा पनि विपी स्मृति दिवस मनाइएको छ । बारपाक सुलीकोट गाउँपालिका वडा नं. १ र २ को पार्टी कमिटीले विचारगोष्ठीको आयोजना गरी स्मृति दिवस मनाइएको जिल्ला पार्टी सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा बारपाक सुलीकोट १ र २ का संयोजक मानबहादुर गुरुङ र धनबहादुर घले, क्षेत्रीय समितिका सदस्य जीतबहादुर घले, दलित संघको बारपाक सुलीकोट गाउँपालिका संयोजक सुकबहादुर बिकलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

सो समारोहमा तत्कालीन नयाँशक्तिको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार आशबहादुर गुरुङ लगायत ३० जनाको समूह काङ्ग्रेसमा प्रवेश गरेका जिल्ला सचिव न्यौपानेले बताए ।

नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्री कोइरालाको २०३९ सालको साउन छ गते क्यान्सर रोगका कारण निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्