
गोरखा क्याम्पसको आइसोलेसनबाट आज पाँच जना डिस्चार्ज
कोभिड १९ को संक्रमण पुष्टि भएपछि आइसोलेनसमा उपचाररत पाँच जना आज घर फर्किएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौँमा दुई पटक सम्म स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको मेडिकल अधिकृत कमलराज रोकाले बताए ।
पालुङटार नगरपालिका ७ का दुई महिला र १ पुरुष सहित तीन जना, शहिद लखन गाउँपालिका ९ र गोरखा नगरपालिका ७ का एक÷एक पुरुष गरी पाँच जना डिस्चार्ज भएको जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए ।




