| आइतवार, कार्तिक २२, २०८३

सिङ्लाको सिँहदेवी आधारभूत विद्यालय तोडफोड

धार्चे गाउँपालिका ५ सिङ्लास्थित सिँहदेवी आधारभूत विद्यालय तोडफोड भएको छ ।

स्थानीय उच्छृङ्खल युवाहरुले विद्यालयको कार्यालय कोठा र कक्षा कोठा तोडफोड गरेको शिक्षक राज गुरुङले जानकारी दिए ।

‘विद्यालयको कक्षा कोठा र अफिस कोठा तोडफोड भएको छ । के कति क्षति भएको छ भन्ने बारे अब प्रहरी आएपछि मात्र थाहा हुनेछ’, शिक्षक गुरुङले भने, ‘अहिले ढोकाभित्र कोही पनि प्रवेश गरेको छैन । बाहिरबाट हेर्दा सोलार बत्तीका उपकरणहरु तोडफोड भएको देखिएको छ ।’

राती दुईबजेतिर तोडफोडको आवाज आएको स्थानीयले सुनेका उनले बताए ।

प्रतिक्रिया दिनुहोस्