| आइतवार, कार्तिक २२, २०८३

प्रहरी कार्यालयमा एकवर्ष भित्र २२८ वटा मुद्दा

दरौँदी समाचारदाताः गोरखामा एक वर्षभित्र दुईसय २८ वटा मुद्दा दर्ता भएको छ । गत वर्षको साउनदेखि असार तेस्रो सातासम्म दुई २८ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यलयको तथ्याङ्कमा उल्लेख छ ।

एक वर्षभरि सबैभन्दा धेरै आत्महत्याका ६२ मुद्धा प्रहरीमा दर्ता भएका छन् । त्यस्तै सार्वजनिक शान्तिबिरुद्धको कसुर ४२ वटा दर्ता भएका छन् । एकबर्षको अवधिमा प्रहरी कार्यालयमा सार्वजनिक हित बिरुद्धको कसुरसम्बन्धी २२ वटा मुद्धा दर्ता भएका छन् भने, फुटकर ज्यान १४, बहुबिवाह १३, जबरजस्ती करणी १२, जबरजस्ती करणी उद्योग पाँच, कर्तव्य ज्यानसम्बन्धी सातवटा मुद्धा दर्ता गरी प्रहरीले आवश्यक कारबाही अघि बढाएको जनाएको छ ।

त्यसैगरी पशुपंक्षी सम्बन्धी कसुर एक, चोरीसम्बन्धी दुई, लागु औषधसम्बन्धी दुई, सरकारी कागज किर्तेसम्बन्धी एक, केही सार्वजनिक अपराधसम्बन्धी एक, बाल यौन दुरुपयोगसम्बन्धी तीन, मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी एउटा मुद्धा दर्ता गरी कारबाही गरेको प्रहरी निरीक्षक सिमोन धितालले जानकारी दिइन् । त्यस्तै, सवारी ज्यानसम्बन्धी पाँच, सवारीबाट भवितव्य ज्यानसम्बन्धी दुई, हातहतियार तथा खरखजना सम्बन्धी कसुर तीन, जुवासम्बन्धी तीन, कालो बजारसम्बन्धी एक, राजद्रोह एक, चन्दा असुली सम्बन्धी कसुर एक गरी दुईसय २८ वटा मुद्धा कार्यालयमा दर्ता भएको उनले बताइन् ।

गाउँमा न्यायिक समिति हुदाहुदै धेरैजसो गाउँको मुद्दाहरु जिल्लामै आएको प्रहरी निरिक्षक धितालले बताइन् । न्यायिक समितिको न्याय सम्पादन प्रक्रियाप्रति सर्वसाधारणहरुको आस्था जाग्न नसकेको हुँदा मान्छेहरु अझै प्रहरीमा आउने क्रम नरोकिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्