
सडक खन्दा पहिरो गयो, थुमीका दुई घर पहिरोको घेराभित्र
सडक निर्माणको क्रममा झरेको पहिरोको आरुघाट गाउँपालिका ४ जामुनेका छ घर जोखिममा परेको छ ।
स्थानीय देवकुमार काप्री र भोजप्रसाद काप्रीको घर पहिरोको घेराभित्र परेको स्थानीयले परशुराम भट्टले जानकारी दिए ।
‘हिजो रातीदेखि पानी परेको पर्यै भयो । देवकुमारको घर, भान्साघर, गोठ, धन्सार गरी चारवटा र भोजप्रसादको घर र धन्सार पहिरोको घेराभित्र परेको छ’, उनले भने, ‘रोड खन्दाखेरि पोहर नै पहिरो खसेको थियो । यो बर्ष पहिरो रोक्न तारजाली लगाउँदा यो बर्ष पनि पहिरो झर्यो ।’
पहिरो करिब ५० मिटर फराकिलो र करिब तीनसय मिटर लामो रहेको काप्रीको भनाइ छ । ‘गएराती १० बजेदेखि सुत्नै सकिएन’, उनले भने, ‘अहिले आर्खेतको प्रहरीलाई खबर गरेका छौं ।’




