| आइतवार, कार्तिक २२, २०८३

आइसोलेशनमा पर्याप्त खानेपानी आपूर्ति गराउने रोटरी क्लव अफ गोरखाको घोषणा

गोरखा क्याम्पसमा रहेको आइसोलेशनमा पर्याप्त खानेपानी आपूर्तिको जिम्मा रोटरी क्लव अफ गोरखाले लिएको छ ।

मंगलबार सम्पन्न १८ औं पदस्थापन समारोहमा नवनिर्वाचित अध्यक्ष काशिनाथ अम्गाईले सो आइसोलेशनमा आवश्यक पर्ने जति पानी रोटरी क्लव अफ गोरखाले व्यवस्था गर्ने घोषणा गरे ।

‘गोरखा क्याम्पसको आइसोलेशनमा बस्ने सबैलाई जति आवश्यक पर्छ, त्यति खानेपानी रोटरी क्लव अफ गोरखाले उपलब्ध गराउने घोषणा गर्दछु’, पदभार ग्रहण गर्दै उनले भने, ‘गोरखा क्याम्पसको आइसोलेशनमा संक्रमित रहेको दिनसम्म प्रतिदिन एकजनालाई चार लिटरका दरले पानी उपलब्ध गराउने व्यवस्था रोटरी क्लव अफ गोरखाले गर्नेछ ।’

उनले मंगलबार नै दुईसय कार्टुन खानेपानी सो आइसोलेशनमा हस्तान्तरण गरिसकेको र त्यसअघि पनि ५० कार्टुन हस्तान्तरण गरिसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्