| सोमवार, कार्तिक २३, २०८३

रोटरी क्लव अफ गोरखाको १८ औं पदस्थापन कार्यक्रम सम्पन्न

रोटरी क्लव अफ गोरखाको १८ औ पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । होटल मिराकलमा सम्पन्न समारोहका बीच पूर्व अध्यक्षहरुले क्लवका १८ औं अध्यक्ष काशिनाथ अम्गाईलाई पदस्थापन गराएका हुन् ।

बर्ष २०२०।०२१ का लागि गत जुलाई १ मा अध्यक्षको पदभार ग्रहण गरेका अम्गाईँलाई सोही समारोहमा निवर्तमान अध्यक्ष शरदबाबु कट्टेलले पिन प्रदान गरी पद हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले रोटरी क्लव अन्तर्राष्ट्रिय स्तरको क्लव भएकाले आगामि बर्षमा अझै अन्तर्राष्ट्रिय रोटरीसंगको समन्वय र सहकार्यमा कोभिड १९ सँग लड्ने कार्यक्रमलाई प्रभावकारी बनाउन जोड दिएका थिए ।

त्यस्तै रोटरीले नगरपालिका तथा गाउँपालिकाहरुसँग अझै समन्वय र सहकार्य गरी कार्यक्रमलाई विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका विशेष अतिथि रोटरी क्लव डिस्ट्रिक ३२९२ का पूर्व गभर्नर सञ्जय गिरीले पनि मल्टिमिडियाबाट सम्बोधन गरेका थिए ।

रोटरी क्लव अफ गोरखाले गतबर्ष गरेका कार्यक्रमहरुमा नैतिक, भौतिक, आर्थिक सहयोग उल्लेखनीय रुपमा गर्नेहरु गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, शहीद लखन गाउँपालिकाका प्रमुख रमेश थापा मगर, गोरखा नगरपालिकाका उपमेयर विनाकुमारी श्रेष्ठ र पूर्व अध्यक्ष इश्वरकाजी मास्केलाई सम्मान गरिएको थियो ।

समारोहमा क्लवले गरेका कार्यक्रमहरुको बारेमा निवर्तमान अध्यक्ष कट्टेलले संक्षेपमा वर्णन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्