| आइतवार, कार्तिक २२, २०८३

छेपारेखोलामा ट्रक दुर्घटना

 

पुल बनाउने ठेक्का लिएर ठेकेदारले लामो समयदेखि काम अलपत्र पारेको छेपारेखोलानेर मालबाहक ट्रक दुर्घटना भएको छ ।

खाद्यान्न सामग्री बोकेर गोरखाबाट सोतीतर्फ गइरहेको ग ३ क १०१७ नम्बरको ट्रक मंगलबार बिहान ११ बजे पल्टिएर दुर्घटना भएको ट्रकधनी हर्क गुरुङले जानकारी दिए ।

‘चामल, च्यूरा, मैदा, चिनी, तेल बोकेर सोतीतर्फ आइरहेको ट्रक पल्टिएको हो’, हिमाली सप्लायर्सका प्रोपाइटर गुरुङले भने, ‘खाद्यान्न सबै खोलाको पानीमा परेकाले साँढे तीनलाख रुपैयाँभन्दा धेरै क्षति भएको छ ।’ पुल बनाउने क्रममा सडकमै थुपारेको माटोका कारण ट्रक दुर्घटना भएको उनले बताए ।

कन्काई निर्माण सेवासंगको ज्वाइन्ट भेञ्चरमा, गोरखा एप्रोप्रियट निर्माण कम्पनीले २०७४ सालमा सो पुल निर्माण सम्झौता गरेको थियो । पुल अहिलेसम्म करिब ५० प्रतिशत मात्र काम भएको छ ।

बेनिघाट आरुघाट लार्के सडक अन्तर्गत पर्ने छेपारेखोलाको पुल कन्काई निर्माण सेवासंगको ज्वाइन्ट भेञ्चरमा निर्माण गर्न गोरखा एप्रोप्रियट निर्माण कम्पनीले २०७४ सालमा सम्झौता गरेको थियो । तीनर्षको अवधिमा पुल अहिलेसम्म करिब ५० प्रतिशत मात्र काम भएको स्थानीय हर्क गुरुङले जानकारी दिए ।

 

तस्वीर सौजन्य : सपना गुरुङ, सोती

प्रतिक्रिया दिनुहोस्