| आइतवार, कार्तिक २२, २०८३

धार्चेको लोकल अर्गानिक आलु गोरखा बजारमा

दरौँदी समाचारदाताः रैथाने जातको आलुको राजधानी भनेर चिनिने धार्चे गाउँपालिकाको आलु गोरखा बजारमा आइपुगेको छ । धार्चे ४ लाप्राक, धार्चे ५ सिङ्ला र गुम्दाको आलु गोरखा बजारमा आइपुगेको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले जानकारी दिए ।

‘पाँचसय किलो अर्गानिक आलु गोरखाको बसपार्कमा आएको छ’, उनले भने, ‘गाउँपालिकाको कृषि शाखाले प्रवद्र्धन गरेको लोकल अर्गानिक आलु बैकरोडस्थित एक पसलमा राखेर प्रतिकिलो ८५ रुपैयाँमा ग्राहकलाई उपलब्ध गराइएको छ ।’ सिङ्लादेखि मान्छेले बोकेर लाप्राकसम्म ल्याइएको र बर्खाका कारण कठिन सडकमा जोखिम मलेर लोकल अर्गानिक आलु ल्याइएको उनले बताए । लोकल र अर्गानिक जातको आलु भएकाले ग्राहक आकर्षित भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्