
कोरोना संक्रमितको शव गाड्न स्थानीयले अवरोध गरेपछि प्रहरीद्वारा अश्रुग्याँस प्रहार
कोरोना संक्रमणबाट मृत्यू भएका ब्यक्तीको शव गाड्न स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रृग्याँस प्रहार गरेको छ । सात राउण्ड अश्रुग्याँस प्रहारपछि स्थानीय शब गाड्न तयार गरिएको ठाउँ आसपासबाट भागेका छन् । त्यहाँ भन्दा माथि बक्राङ तर्फबाट प्रहरीलाई लक्षित गरेर ढुङ्गा प्रहार भईरहेको प्रहरीले जनाएको छ ।
आज बिहान गोरखा अस्पतालमा मृत्यू भएका पालुङटार नगरपालिका ७ का ४४ वर्षिय पुरुषको शव दरौँदी र लुदी खोलाको दोभानमा गाड्ने तयारी भईरहँदा स्थानीयले कोरोना फैलन सक्ने भन्दै रोकेका हुन् ।घटनास्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ । संक्रमितको मृत्यू भएको पुष्टि भएसँगै शनिवार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले शहिद लखन गाउँपालिका १ बक्राङ र गोरखा नगरपालिका १२ को सिमानामा पर्ने लुदीखोला दोभानमा शव ब्यवस्थापन गर्ने निर्णय गरेको थियो ।




