| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेशको काङ्ग्रेसका सांसदले लकडाउन अवधिको यातायात खर्च नलिने

 

गण्डकी प्रदेशका काङ्ग्रेसबाट विजयी सांसदहरुले लकडाउन अवधिभरिको यातायात खर्च नलिने भएका छन् ।

शुक्रबार संसदीय दलको बैठक बसी काङ्ग्रेसबाट विजयी सांसदहरुले यातायात भत्ता नलिने निर्णय गरेका दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले जानकारी दिए ।

‘लकडाउन अवधिभर सार्वजनिक सवारी साधन चलेको छैन । त्यसैले सो अवधिभरको यातायात खर्च लिनु नैतिक आधारमा पनि सुहाएन’, सांसद दवाडीले भने, ‘त्यसैले शुक्रबार संसदीय दलको बैठक बसी सार्वजनिक सवारीसाधन नचलुञ्जेलसम्म यातायात भत्ता नलिने निर्णय भएको छ ।’

सदन चलेको दिन संसदमा सहभागी हुन आएबापत गण्डकी प्रदेशले प्रत्येक सांसद तथा विषयगत समितिमा रहेका सांसदलाई रु ७५० का दरले यातायात खर्चको सुविधा दिने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्