
गोनपा ९ को कार्यालय र सहरी स्वास्थ्य क्लिनिक बन्द
गोरखा नगरपालिका वडा नं. ९ को वडा कार्यालय र त्यहाँको सहरी स्वास्थ्य क्लिनिक बन्द गरिएको छ ।
बारपाक सुलीकोट गाउँपालिकाका स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको र उनको कन्ट्याक ट्रेसिङको क्रममा लक्ष्मीबजारस्थित सहरी स्वास्थ्य संस्थामा कार्यरत एक स्वास्थ्यकर्मी समेत सम्पर्कमा रहेको देखिएकाले नगरपालिकाले सूचना जारी गर्दै सो क्लिनिक बन्द गरेको छ ।
त्यस्तै उनको सम्पर्कमा रहेको आशंकामा वडा कार्यालयका कर्मचारीको पनि कन्ट्याक ट्रेसिङ गर्नुपर्ने भएकाले वडा कार्यालय पनि बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै गोरखा नगरपालिको बुधबार एक सूचना जारी गर्दै लक्ष्मीबजारको व्यापार ब्यवसाय तथा अत्यावश्यक काम बाहेक हिडडुल लगायतका बाहिरि गतिबिधि बन्द गरिदिन आग्रह गरेको छ ।
अहिले कन्ट्याक ट्रेसिङ भइरहेको र कन्ट्याक ट्रेसिङ गरिएकाहरुको कोरोना रिपोर्ट नआउञ्जेल वडा कार्यालय, स्वास्थ्य संस्था र बजार क्षेत्र पनि बन्द गर्न नगरपालिकाले निर्देशन गरेको छ ।




