| शुक्रबार, मंसिर १९, २०८२

सम्भव नेपालद्वारा भीटिएम, पिपिई, सेनिटाइजर मास्क प्रदान

 

दरौँदी समाचारदाता :

सम्भव नेपालले कोरोना महामारी रोकथाम, न्यूनिकरण तथा व्यवस्थापनका लागि गोरखाका बिभिन्न स्थानीयतहहरुलाई स्वास्थ्य उपकरण प्रदान गरेको छ ।

सम्भव नेपालका प्रमुख प्रेम खत्रीले सोमबार एक समारोहमा जिल्लाका १० वटै स्थानीय तह तथा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

उनले गोरखा नगरपालिकालाई २५० थान भिटिएम, पालुङटार नगरपालिकालाई दुईसय थान भिटिएम, सिरानचोकलाई १५० थान, अजीरकोट गाउँपालिकालाई १५० थान, बारपाक सुलीकोट गाउँपालिकालाई १५० थान, धार्चे गाउँपालिकालाई एकसय थान, आरुघाट गाउँपालिकालाई दुईसय थान, भीमसेन थापा गाउँपालिका लाई २५० थान, शहीदलखन गाउँपालिकालाई दुईसय थान भिटिएम र एकहजार थान मास्क र गण्डकी गाउँपालिकालाई दुईसय थान भिटिएम प्रदान गरेका थिए ।

त्यस्तै पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापामार्फत पत्रकारहरुलाई दुईहजार थान मास्क र एकसय थान सेनिटाइजर प्रदान गरेका थिए ।
चुमनुब्री गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमण नदेखिएकाले हाल स्वास्थ्य सामग्री प्रदान नगरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्