| आइतवार, कार्तिक २२, २०८३

भीमसेनथापामा पाँच र सिरानचोकमा एकजना कोरोना संक्रमित थपिए

 

गोरखाको भीमसेनथापा गाउँपालिकामा पाँचजना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गोरखाका छ जनामा कोरोना पोजेटिभ पुष्टि गरेको हो ।

भीमसेनथापा गाउँपालिकाको विन्द्रावती मावि मसेल क्वारेण्टाइनका दुईजना, जनजागृति आधारभूत विद्यालय अश्राङ क्वारेण्टाइनका दुईजना र शान्ति मावि बगुवा क्वारेण्टाइनका एकजनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ ।

त्यस्तै सिरानचोक गाउँपालिकाको जनज्योति मावि चिप्लेटी क्वारेण्टाइनका एकजनामा पनि सोमबार कोरोना पोजेटिभ पुष्टि भएको छ । यसअघि आइतबार गाँखु सहकारी भवनका एकजनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

योसंगै भीमसेनथापा गाउँपालिकामा कोरोना संक्रमितको संख्या जिल्लाकै सबैभन्दा धेरै ३४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्