| आइतवार, कार्तिक २२, २०८३

स्वाँरा सघनले दियो गोरखाका आइसोलेशन र क्वारेन्टाइनमा खुट्टाले हात धुने उपकरण

दरौँदी समाचारदाताः विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संभावित संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि स्वाँरा सघन गाउँ बिकास केन्द्रले खुट्टाले हात धुने मेसिन हस्तान्तरण गरेको छ । केन्द्रले सिआरएसको सहयोगमा गोरखाका बिभिन्न पाँच ठाउँमा सो उपकरण जडान गरेको हो ।

गोरखा नगरपालिका १३ मजुवाको हेल्पडेक्समा, गोरखकाली रबर उद्योग स्थित होल्डिङसेन्टरमा, टक्सारको मनकामना बहिरा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा, गोनपा वडा नं. ६ को वडा कार्यालयमा उक्त मेसिन जडान गरिसकेको सो संस्थाका इञ्जिनियर रविन कट्टेलले जानकारी दिए ।

यस्तै गोरखा नगरपालिकाको कार्यालय, गोरखा अस्पतालको आइसोलेशन, आरुघाटमा रहेको आइसोलेशन तथा क्वारेन्टाइनमा, सहिदलखन गाउँपालिकामा रहेका क्वारेन्टाइनहरुमा केही दिनमा नै मेसिन हस्तान्तरण गर्ने तयारी गरिरहेको उनले बताए । गोरखा नगरपालिका शहीद लखन गाउँपालिका र आरुघाट गाउँपालिकाका आइसोलेसन तथा क्वारेन्टाइनहरुमा सो उपकरण जडान गर्ने कट्टेलले जनाए ।

सो उपकरणको प्रयोग गरेपछि कोरोनाको सम्भावित संक्रमण न्यूनीकरण हुने संस्थाका सिताराम श्रेष्ठले तर्क गरे । ‘यो मेसिनको प्रयोग गरेपछि धारा खोल्ने बन्द गर्ने गर्दा खुट्टाले गर्न सकिन्छ । यो भएपछि धाराको टुटीमा कसैको पत्यक्ष हातले छुुँदैनन र खुट्टामा चप्पल जुत्ताहरु लगाएका हुन्छन्’, श्रेष्ठले भने, ‘त्यसले गर्दा एक ब्यक्तिबाट अर्को ब्यक्तिमा कुनै पनि भाइरस हातको माधययमबाट सजिलै ंसर्दैन ।’

प्रतिक्रिया दिनुहोस्