
आइसोलेशनमा बसेका चार जनाको पुनपरीक्षणमा पनि कोरोना पोजेटिभ
गोरखाका आइसोलेशनमा बसेका चार जनामा दोस्रो परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
शनिबार प्राप्त रिपोर्टमा गोरखा अस्पतालको आइसोलेशनमा बसेका दुई जना र गोरखा क्याम्पसको आइसोलेशनमा बसेका दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ देखिएको हो ।
उनीहरु कुन पालिकाका हुन् भन्ने बारेमा नखुलेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानले जानकारी दिए ।




