| आइतवार, कार्तिक २२, २०८३

आँबुखैरेनी– मुग्लिन सडक एकतर्फी सुचारु

तनहुँको आँबुखैरेनी स्थित ऐन पहरा नजिकै पहिरो जाँदा अवरुद्ध आँबुखैरेनी मुग्लिन सडक सुचारु भएको छ । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बिकास थापाका अनुसार सडक एकतर्फी सुचारु भएको हो ।
ढुङ्गा खसिरहेकाले पहिरो हटाउन समस्या भएको छ । एकतर्फी खुलाएर जेसिभीले पहिरो पन्छाउँदै एम्बुलेन्स र मोटरसाईकल आउजाउ गर्न मिल्ने भएपनि पूर्ण रुपमा राजमार्ग खुलेको छैन । दुबैतर्फ सुचारु गर्न अझै समय लाग्ने आँबुखैरेनी प्रहरीले जनाएको छ । आज बिहान ६ः३० बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्