| आइतवार, कार्तिक २२, २०८३

गोरखामा १८ जना कोरोना संक्रमित थपिए, संख्या ६९ पुग्यो

गोरखामा १८ जना कोरोना संक्रमित थपिएका छन् ।

८ जना महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए ।

सबैभन्दा धेरै भिमसेन थापा गाउँपालिकाका १२ जना, शहिदलखन गाउँपालिकाका तीन जना,बारपाक सुलिकोटका १ जना, गण्डकीका १ जना र अजिरकोट गाउँपालिकाका १ जना रहेका छन् ।

हालसम्म गोरखामा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ । यी मध्ये ८ जना निको भएर घर फर्किसकेको छन् ।

प्रतिक्रिया दिनुहोस्