| आइतवार, कार्तिक २२, २०८३

आँबुखैरेनीमा पहिरो जाँदा सयौँ सवारी राजमार्गमा रोकियो

तनहुँको आँबुखैरेनी स्थित ऐन पहरा नजिकै पहिरो जाँदा सयौँ सवारी साधन राजमार्गमा रोकिएको छ । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक वुद्धीप्रसाद भुषालका अनुसार आज बिहान ६ः३० बजेदेखि पहिरो बगेर अवरुद्ध सडक ढुङ्गा खसिरहेकाले अझै खुलाउन सकिएको छैन ।
मुग्लिन तर्फबाट आएका र आँबुखैरेनी हुँदै मुग्लिन तर्फ जाने सवारी बिहानै देखि रोकिएका छन् । करिब १५ मिटर पहिरो सडकमा खसेको छ ।

प्रतिक्रिया दिनुहोस्