
पालुङ्टार र धार्चेकाको कोरोना नेगेटिभ
दरौँदी समाचारदाताः पालुङटार नगरपालिकाका दुईजनामा कोरोना नेगेटिभ आएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराले पठाएको रिपोर्टमा दुईजनाको कोरोना नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । उनीहरु भारतबाट आएर जीवनज्योति मावि च्याङ्ली क्वारेण्टाइन र धर्मावती आधारभूत विद्यालय क्वारेण्टाइनमा बसेका नगरपालिकाका उपमेयर पम्फा बसेलले जानकारी दिइन् ।
त्यस्तै धार्चे गाउँपालिकाबाट क्वारेण्टाइनमा बसेका १२ जनामध्य ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रहरी हिरासतमा बसेका एक जनासहित ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । वडा नं. ५ लप्सीबोटका एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।




