| आइतवार, कार्तिक २२, २०८३

गोरखामा ११ कोरोना संक्रमित थपिए, पालुङटारमा ७ र शहिदलखनमा ४ जना

गोरखामा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । पालुङटार नगरपालिकाकी ४० वर्षिया एक महिला, ३२, २८, ४१, ४३, ४५ र ४६ वर्षका छ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै शहिदलखन गाउँपालिकामा २७, ३१, ३८ र ५४ वर्षका चार जना पुरुषमा पनि संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदबिन्दु शर्माले बताए । आज भेटिएका संक्रमित सबै भारतबाट आएर स्थानीय तहको क्वारेन्टिनमा बसेकाहरु रहेको पालिका प्रमुखहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्