| आइतवार, कार्तिक २२, २०८३

कोरोना रोकथाम गर्न गोरखा आयुर्वेद कम्पनीको इमुनो केयर बजारमा

 

गोरखा आयुर्वेद कम्पनीले कोरोनाको सम्भावित संक्रमणबाट जोगाउन रोग प्रतिरोधी उत्पादन गर्न सुरु गरेको छ ।

सदरमुकामको हरमटारीमा रहेको सो कम्पनीले ‘इमुनो केयर’ नामको औषधी उत्पाद गरेको हो ।

हाल सो औषधी देशका सबै बजारमा पुगिसकेको कम्पनीका कर्मचारी जीवन रेग्मीले जानकारी दिए । ‘चक्की र सिरप दुवैमा उत्पादन भएको छ’, उनले भने, ‘अहिले नेपालका प्राय सबै बजारहरुमा पुगिसकेको छ ।’

रोगसंग लड्न प्रतिरोधी क्षमता बढाउने जडिबुटीहरुको मिश्रणबाट सो औषधी बनाइएको कम्पनीका प्रवद्र्धक डाक्टर खेमराज भट्टराईले जानकारी दिए ।

‘रोगसंग लड्न प्रतिरोधी क्षमता बढाउने जस्तो कि गुर्जो, तुलसी, भुइँअमला, अश्वगन्धा, जेठीमधु, त्रिकटु, पिपला, मरिच, बेसारको मिश्रणबाट इम्यूनो केयर बनाइएको छ’, उनले भने, ‘यो खाएपछि कोरोना तथा अरु रोगको लक्षण नै नदेखिई ठिक हुन्छ । रोग लागिहाले पनि रोगसँग लड्न प्रतिरोधी क्षमता बढाउँछ ।’

प्रतिक्रिया दिनुहोस्