
एम्बुलेन्स चालकलाई प्रोत्साहन भत्ताको ब्यबस्था
कोरोना भाईरस (कोभिड १९) को जोखिमका बेलापनि नियमित काममा खटिएका गोरखाका एम्बुलेन्स चालकहरुलाई प्रोत्साहन भत्ता दिइने भएको छ ।
क्वारेन्टिन स्थलदेखि आईसोलेसन सम्म उपचारका लागि बिरामी बोकेर लगेका एम्बुलेन्स चालकलाई लाग्ने भाडा बाहेक थप दुई हजार पाँच सय दिन स्थानीय तहलाई अनुरोध गर्ने निर्णय मंगलवारको बैठकले गरेको हो । यस अघि एम्बुलेन्सले लाग्ने भाडा मात्रै लिँदै आएका थिए । चालकहरुले अतिरित्त भत्ताको माग गर्दै आएपनि पाएका थिएनन् ।
कोरोना भाईरसको रोकथाम नियन्त्रण र ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको मंगलवारको बैठकले एम्बुलेन्स चालकलाई पिपिई लगायत कोरोनाबाट सुरक्षित रहनका लागि आवस्यक सामग्री उपलब्ध गराउन स्थानय तहलाई अनुरोध गर्ने समेत निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गोरखाका सुचना अधिकारी हर्क रोकाले बताए ।
बैठकले जिल्लामा कोरोना संक्रमित बढ्दै गएको र आईसोलेसन वेड कम भएकाले गोरखा अस्पतालमा तत्काल ६० बेड तयार गर्ने र थप्दै एक सय बेड पु¥याउन आईसोलेसन ब्यवस्थापन तथा कोष सम्पादन समितिलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।




