
गोरखा नगरपालिकाका कुन वडाका कति जना संक्रमित ?
मंगलबार बिहान संक्रमित पुष्टि भएका गोरखा नगरपालिकाका आठ जनाको पहिचान खुलेको छ ।
मनकामना बहिरा माविको क्वारेण्टाइनमा रहेकामध्य आठ जनाको नाम ठेगाना स्वास्थ्य शाखाले पहिचान गरेको हो ।
शाखाका प्रमुख इश्वर रेग्मीका अनुसार वडा नं. १ का दुई जना रहेका छन् । त्यस्तै वडा नं. तीनका एक जना रहेका छन् । उनी काठमाडौंबाट आएर क्वारेण्टाइनमा रहेको पुष्टि भएको छ ।
त्यस्तै वडा नं. छ को एकजना, वडा नं. ११ को दुईजना र वडा नं. १३ को एकजना रहेको शाखा प्रमुख रेग्मीले जानकारी दिए ।
यो समाचार तयार पार्दासम्म बारपाक सुलीकोट गाउँपालिकाका संक्रमितको भने अझै वडा नं. नखुलेको फोकल पर्सन कृष्ण भट्टले जानकारी दिए ।




