| आइतवार, कार्तिक २२, २०८३

गोरखामा १० जना कोरोना संक्रमित थपिए

गोरखामा थप १० जनामा कोरोना पुष्टि भएको छ ।

गोरखा नगरपालिकाको मनकामना बहिरा मावि क्वारेण्टाइनमा रहेका आठ जनामा र बारपाक सुलीकोट गाउँपालिकाको क्वारेण्टाइनमा रहेका दुई जनामा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलय पोखराले जनाएको छ ।

मनकामना बहिरा मावि क्वारेण्टाइनका एक संक्रमित काठमाडौबाट आएका नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिए । अन्य संक्रमित मध्य अधिकांश वडा नं १ रहेका छन् ।

यो संगै गोरखामा कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।

यसअघि गण्डकी गाउँपालिकाका बिभिन्न क्वारेण्टाइनमा रहेका नौजनामा, पालुङ्टार ७ का एकजनामा र भीमसेन थापा गाउँपालिकाका बिभिन्न क्वारेण्टाइनका ४ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्