| आइतवार, कार्तिक २२, २०८३

भीमसेन थापा गाउँपालिकाका ११ जनाको स्वाब संकलन

दरौँदी समाचारदाताः गोरखाको भीमसेन थापा गाउँपालिकाका ११ जनाको स्वाव संकलन गरिएको छ । वडा नं. २ को सिद्धकाली माविको क्वारेण्टाइनमा रहेका आठ जना र वडा नं. ३ को सरस्वती आधारभूत विद्यालयको क्वारेण्टाइनमा रहेका तीन जनाको स्वाव संकलन गरिएको हो ।

यसअघि कोरोना पोजेटिभ देखिएकाहरुसंग कन्ट्याक टूेसिङ गर्दा भेटिएका १० जनाको पनि स्वाव संकलन गरिसकिएको छ । उनीहरु होम क्वारेण्टाइनमै रहेका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्