
जिप्रकामा स्वाब संकलन गरिएको सबैमा कोरोना नरहेको पुष्टि
दरौँदी समाचारदाताः जिल्ला प्रहरी कार्यालयमा स्वाब संकलन गरिएका सबैमा कोरोना नरहेको पुष्टि भएको छ । आइतबार प्राप्त थप तीनजनाको रिपोर्ट पनि नेगेटिभ रहेपछि सबैमा कोरोना नरहेको पुष्टि भएको एसपी ओम अधिकारीले जानकारी दिए ।
हिरासतमा रहेका युवामा कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक टूेसिङमा परेका १५ जना प्रहरी, जिल्ला अदालत, सरकारी वकिल कार्यालयका कर्मचारीहरुको स्वाव संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो ।
जजक गरीएको भनेको किशोरीमा पनि कोरोना नरहेको पुष्टि ।
प्रहरीका अनुसार हिरासतमा रहेका युवाद्वारा जवर्जस्ती करणी गरिएको भनिएकी किशोरीको समेत कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
कन्ट्याक टूेसिङको आधारमा स्वाव संकलन गरिएका इलाका प्रहरी कार्यालय ठाँटीपोखरी र उनको घर परिबार १२ जनाको भने रिपोर्ट नआएको प्रहरीको भनाइ छ ।




