
प्रहरी कार्यालयभित्र स्वाब संकलन गरिएको सबैमा कोरोना नेगेटिभ, जबर्जस्ती करणी गरिएकी किशोरीमा पनि कोरोना छैन
जिल्ला प्रहरी कार्यालयमा स्वाब संकलन गरिएका सबैमा कोरोना नरहेको पुष्टि भएको छ । आइतबार प्राप्त थप तीनजनाको रिपोर्ट पनि नेगेटिभ रहेपछि सबैमा कोरोना नरहेको पुष्टि भएको एसपी ओम अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार हिरासतमा रहेका युवाद्वारा जवर्जस्ती करणी गरिएको भनिएकी किशोरीको समेत कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
१५ जना प्रहरीसहित २८ जनाको स्वाव संकलन गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको एसपी अधिकारीले बताए ।
हिरासतमा रहेका युवामा कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक ट्रेसिङको आधारमा प्रहरी, जिल्ला अदालत, सरकारी वकिल कार्यालयका कर्मचारीहरुको स्वाव संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो ।
कन्ट्याक ट्रेसिङको आधारमा स्वाव संकलन गरिएका इलाका प्रहरी कार्यालय ठाँटीपोखरी र उनको घर परिबार १२ जनाको भने रिपोर्ट नआएको प्रहरीको भनाइ छ ।




