| आइतवार, कार्तिक २२, २०८३

सांसद दवाडीद्वारा एयरपोर्टका मजदुरलाई खाद्य सामग्री सहयोग

 

गोरखा क्षेत्र नं. २ बाट विजयी गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले त्रिभुवन विमानस्थलमा रहेका मजदुरहरूलाई खाद्यान्‍न सहयोग गरेका छन् ।

गोरखा घर भई विमानस्थलमा मजदुरको रुपमा काम गरिरहेकाहरूलाई चामललगायतका खाद्यान्‍न सहयोग गरेका हुन् ।

‘आन्तरिक, वाह्य उडान बन्द भएपछि एयरपोर्टमा काम गर्ने मेरो निर्वाचन क्षेत्रका मानिसहरूलाई खाद्यान्‍न संकट भएको थाहा पाएँ,’ सांसद दवाडीले भने, ‘पोखरामा थिएँ । यहाँ उहाँहरूलाई समस्या भएको भन्ने थाहा पाएर आएर चामल लगायतका खाद्यान्‍न सामग्रीहरू सहयोग गरेँ ।’ सांसद दवाडीले कोरोना महामारीको कारण भएको लकडाउनमा समस्यामा परेका अन्य विभिन्‍न क्षेत्रकालाई पनि खाद्यान्‍न सहयोग गरेँ ।’

५० जना मजदुरलाई एकएक बोराका दरले चामल वितरण गरेका हुन् ।

काठमाडौं, चितवन तथा पोखरामा रहेका आफ्नो निर्वाचन क्षेत्रका सुत्केरी तथा कोठा भाडा तिर्न नसकेर अलपत्र परेकालाई आर्थिक सहयोग गरेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्