
गोरखामा क्रियाशील सबै पत्रकारको कोरोना बिमा
नेपाल पत्रकार महासंघ गोरखाले गोरखामा कार्यरत सबै पत्रकारको कोरोना बिमा गरेको छ ।
महासंघमा आवद्ध भएका ४० जनाको कोरोना बिमा गरिएको महासंघका अध्यक्ष किशोरजंग थापाले जानकारी दिए ।
प्राइमर इन्सुरेन्स कम्पनी लिमिटेडमार्फत सबै पत्रकारको बिमा गरिएको अध्यक्ष थापाले बताए ।
पिसिआर रिपोर्ट पोजेटिभ आएपछि एकलाख रुपैयाँ पाउने गरी बिमा गरिएको उनले बताए ।




