
घ्याल्चोकको मोटरसाइकल बनाउने मिस्त्रीमा कोरोना
गण्डकी गाउँपालिकामा कोरोना संक्रमण देखिएका एक जना मोटरसाइकल बनाउँदै हिड्ने मिस्त्री भएको खुलेको छ ।
काभ्रे घर भई हाल गण्डकी ८ सिउरेनीटारमा डेरा गरी बस्ने २५ बर्षीय युवामा कोरोना पोजेटिभ देखिएको हो ।
दुईहप्तासम्म घर छोडेर हिडेका उनी फर्केर आएपछि स्थानीयबासीले ज्ञानमार्ग माविको क्वारेण्टाइनमा राखेका वडाअध्यक्ष रामप्रसाद रेग्मीले जानकारी दिए । उनीसंगै बस्ने काभ्रे घर भएका अर्का युवा पनि सोही क्वारेण्टाइनमा छन् । तर एकजनामा मात्र कोरोना संक्रमण देखिएको रेग्मीले बताए ।
सो क्वारेण्टाइनमा अहिलेसम्म जम्मा दुईजना मात्र रहेका छन् ।
गण्डकी गाउँपालिकाको रत्नेश्वर मावि क्वारेण्टाइनमा रहेका चार जना र भीमोदय आधारभूत विद्यालयको क्वारेण्टाइनमा रहेका चार जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी गाउँपालिकामा एक महिनायता भारतबाट आई क्वारेण्टाइनमा बस्नेको संख्या ३९ जना रहेको छ ।




