| आइतवार, कार्तिक २२, २०८३

हालसम्म गोरखाका ३३० जनाको कोरोना परीक्षण, २२१ जनाको नेगेटिभ, अरुको रिपोर्ट आउन बाँकी

गोरखामा कोरोना संक्रमण परीक्षणका लागि हालसम्म तीनसय ३० जनाको स्वाब संकलन भएको छ ।

उनीहरुमध्य २२१ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एकसय नौ जनाको रिपोर्ट नआएको प्रशासन कार्यालयका सूचना अधिकारी हर्क रोकाले जानकारी दिए ।

गोरखाका बिभिन्न गाउँपालिकामा नौसय ४६ बेडको सामुहिक क्वारेण्टाइन निर्माण भएको प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

कार्यालयका अनुसार गत बैशाख २५ गतेदेखि शनिबारसम्म तीनसय पाँच जना विदेशबाट आएका छन् । जसमध्य दुईजना दुबईका हुन् भने बाँकी तीनसय तीन जना भारतबाट आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्