
आरुघाट क्वारेण्टाइनका ३३ जनाको कोरोना रिपोर्ट नेगेटिभ
आरुघाटको भीमोदय माविको क्वारेण्टाइनाबाट ३४ जनाको स्वाव संकलन गरेर पठाइएकोमा शनिबारसम्म ३३ जनाको रिपोर्ट आएको छ ।
उनीहरु सबैको रिपोटमा कोरोना नेगेटिभ रहेको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए ।
एकजनाको रिपोर्ट भने नआएको उनले बताए ।
आरुघाटमा गत १९ गते थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय पोखरा पठाइएको थियो ।
सबैको रिपोर्ट आएपछि मात्र उनीहरुलाई क्वारेण्टाइनबाट घर पठाइने त्यहाँका स्वास्थ्य शाखा प्रमुख विजयकुमार श्रेष्ठले जानकारी दिए ।
गोरखा अस्पतालबाट स्वाब पठाएका ११ जनामध्य शनिबारसम्म एकजनाको मात्र रीपोर्ट आएको छ ।
आएको एउटा रिपोर्ट नेगेटिभ रहेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।




