| आइतवार, कार्तिक २२, २०८३

कोरोना पोजेटिभ देखिएका मान्बुका युवा जुम्लामा कार्यरत सेना, आरुघाटका २६ जनाको रिपोर्ट नेगेटिभ

 

कोरोना पोजेटिभ देखिएका आरुघाट २ मान्बु, थलाचोकका युवा जुम्लामा नेपाली सेनामा कार्यरत रहेको खुलेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको कोरोना परीक्षणमा मान्बुका २५ बर्षका युवामा कोरोना पोजेटिभ देखिएको आरुघाट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विजयकुमार श्रेष्ठले जानकारी दिए ।

उनी नेपाली सेनामा कार्यरत रहेको वडा अध्यक्ष सोम घलेले जानकारी दिए । उनलाई जुम्लाको आइसोलेशनमा राखिएको र स्वास्थ्य अबस्था सामान्य रहेको परिवारस्रोतलाई उद्धृत गर्दै उनले बताए ।

आरुघाट क्वारेण्टाइनाबाट ३४ जनाको स्वाव संकलन गरेर पठाइएकोमा हालसम्म २६ जनाको मात्र रिपोर्ट आएको श्रेष्ठले बताए । उनीहरु सबैको रिपोर्ट नेगेटिभ रहेको श्रेष्ठले बताए ।

गोरखा अस्पतालमा शुक्रबार प्राप्त एकजनाको रीपोर्ट नेगेटिभ आएको अस्पतालका प्रबक्ता कृष्ण ढकालले जानकारी दिए । अस्पतालबाट बिगत चारदिनयता ११ जनाको स्वाब परीक्षण गर्न पठाइएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्